काबुल विमानस्थल बाहिर गोली हानाहान

काठमाडौं, भदौ ७ गते । अफगानिस्तानको काबुल विमानस्थलबाहिर गोली हानाहान भएको छ । उक्त घटनामा अमेरिका नेतृत्वको नेटो सेना समेत सहभागी भएको बीबीसीले उल्लेख गरेको छ ।

अज्ञात बन्दूकधारी र काबुल विमानस्थल प्रबेशद्वारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा एक जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । गएको साताको सुरुवातदेखि तीब्रता पाए यता बर्हिगमनको क्रममा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्रसित भएर अफगान छोड्नेको संख्यामा बृद्धि भएको छ ।नेटोका एक जना अधिकारीले रोयटर्ससँगको कुराकानीमा भगदौड र गोली प्रहारको घटनामा गरी हालसम्म विमानस्थल र वरिपरि २० जनाको मृत्यु भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस