बुटवलकी ‘सारीवाली’ गोमा ज्ञावाली युट्युबमा रातारात भाईरल भईन् । ट्रेण्डिँग नँ १ मा उनको भिडियो, मिठो हाँसोमा सबै लठ्ठ परे (भिडियो हेर्नुस)

टिकटकमा भाईरल भएकी गोमा ज्ञावाली युटुबमा पनि भाईरल भएकी छिन् । सारीवाली नामले चिनिएकी बुटवली गोमा टिकटकमा ७ लाख भन्दा बढि फलोअर्स कमाउँदै अगाडि बढिरहेको समयमा शिशिर भण्डारीसँगको युटुब कुराकानी पनि अहिले नेपालको टैण्डिँग नँ १ मा छिन् । उनीसँग शिशिरको कृुराकानीलाई धेरैले रुचाएपछि पछिल्लो समय ट्रेण्डिँग एक मा एकछत्र राज गरिरहेको प्रकाश सपुतको गीत कुरा बुझ्न पर्च पछि तल झरेको हो ।

धेरैले उनको मिठो कुराकानी र मिठो हाँसोलाई मन पराएका छन् । गोमा पनि आफुलाई अन्तर्वार्ता पनि दर्शकहरुले रुचाएपछि खुशी छिन् । धेरैले अब ट्रेण्ड अनुसार के गोमा म्युजिक भिडियो अभिनयमा आउलिन् त भन्ने कौतुहलता जनाएका छन् । बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पारँगत भने मान्दिनन् । व्यवसायको रुपमा उनको सारी पसल पनि छ । परिवारको सपोर्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सारीहरु मनपर्यो भने आफै राख्ने पनि गर्छिन् । उनीसँग १५० माथि सारीहरु छन् ।

पछिल्लो समय उनी आफ्नो श्रीमान र छोरीसँग पनि मिडियामा आईन् । रमाईलो कुरा, उनको र परिवारको अन्तर्वार्ता पनि यतिबेला ट्रेण्डिँगमा छ । सबैले उनको पारिवारिक गफ पनि रुचाएका छन् । उनले अघिल्लो अन्तर्वार्तामा सारीका बिषयमा गरेको कुराकानीकै बिचबाट १५० सारी आफुसँग रहेको कुरा भने टिकटकमा ट्रोल बनेको छ । गोमाले उक्त कुरालाई रमाईलो रुपमा लिएकी छिन् । सौगात मल्लको ठुलो फ्यान बताउने गोमाको ट्रेण्डिँग नँ १ मा रहेको भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस