काठमाडौंबाट घर गईरहेका युवकको पहिरो खस्दा मृत्यु

काठमाडौं / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको पहिरोको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र र पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका थिए। प्रहरीको टोलीले उनीहरूलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् । मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतीशकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस