श्रीलंका र माल्दिभ्समा पाकिस्तानको ग्वाद्दर क्षेत्रबाट लागुऔषध ढुवानी बढ्दै

नयाँ दिल्ली । पाकिस्तानको ग्वाद्दर बन्दरगाहबाट हुने लागुऔषध ढुवानीको मुख्य गन्तव्य श्रीलंका र माल्दिभ्स बनेका छन् ।ग्वाद्दर बन्दरगाहबाट पछिल्लो समय श्रीलंका र माल्दिभ्समा लागु औषध ढुवानी हुने क्रम बढेको छ । ग्वाद्दरबाट हुने लागु औषध तस्करीको मुख्य गन्तव्य श्रीलंका र माल्दिभ्स भएको बताईएको छ । अफगानितान, इरान र पाकिस्तानलाई ओपीम जस्ता लागु औषधहरु उत्पादन हुने मुख्य क्षेत्र मानिन्छ ।

यस क्षेत्रलाई गोल्डेन क्रिसेन्टको नामले समेत चिनिन्छ । पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्रमा हुने नार्कोटिक्स ओसार पसार बिरुद्ध पाकिस्तानको एन्टी नार्कोटिक्स फोर्स परिचालित छ । यधपी, नार्कोटिक्स ओसार पसारको काम भने रोक्न सकेको छैन । विश्वमै सुरक्षा निकायहरुका लागि चिन्ताको बिषय बनेको राज्यको स्वामित्वहीन समान ढुवानी गर्ने डुंगाहरु ईण्डीयन सागर क्षेत्रमा पनि फेला परेको थियो ।

जुन क्षेत्रबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा नार्कोटिक्स पठाउने गरेको पाईन्छ । गत अप्रिलमा भारतीय नौसेनाले मध्य अरबीयन सागरमा शंकास्पद पानीजहाजमा तीन हजार करोड रुपैयाँ बराबरको नार्कोटिक्स बरामद गरेको थियो । त्यस्तै, श्रीलंकाको नौसेनाले पनि सोही क्षेत्रमा छ सय पाँच किलोग्राम क्रिस्टल मेथ र पाँच सय ७९ किलोग्राम केटामाइन सहित एक विदेशी पानीजहाज बरामद गरेको थियो ।

पानीजहाजका नौ जना चालद दल सदस्यहरु पाकिस्तानी नागरिक रहेका थिए । पाकिस्तानको ग्वाद्दरबाट श्रीलंका र माल्दिभ्समा लागुऔषध ढुवानी र तस्करी बढीरहेको छ । पाकिस्तानको गुप्तचर निकाय आईएसआई को मद्दतका कारण पनि ग्वाद्दर बन्दरगाहबाट ठुलो मात्रामा लागु औषध ढुवानी र तस्करी हुने गरेको छ । आईएसआईको सहयोग बिना यति ठुलो मात्रामा लागु औषध तस्करी सम्भव नरहेको अधिकारीहरु बताउँछन् । स्रोत जी न्युज

प्रतिक्रिया दिनुहोस