ब्लड क्यान्सरले ग्रस्त दोलाखाका एक वर्षीय बालिकको उपचारका लागि सहयोगको अपिल

काठमाडौं । ब्लड क्यान्सरले ग्रस्त दोलाखाका एक वर्षीय बालिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ । दोलखाको मेलुङ गाउँपालिका–२ निवासी सरोज खड्का र जानुका थापा (खड्का) को छोरा सजन खड्कालाई क्यान्सर पुष्टि भएपछि झन्डै २२ लाख जति लाग्ने भय पछि अभिभावकले उपचारका लागि सहयोग गरिदिन अपिल गरेका हुन् ।

आर्थिक सहयोग जुटाउनको लागिपरि राख्नु भयका मिलन खड्काको पहलमा करिब ६ लाख जति जुटाउन सफल हुनु भयको बताउनु हुन्छ। र अब करिब २० लाख जति जुटाउनु सके ब्लड क्यान्सर पिडित बालककाे उपचार हुनी थियो भनेर अभिभावकले बताउनु भयको छ। हाल सम्म सहयोग गर्नु हुने सहयोगीदाताहरुको नाम सहितको लिस्ट राखिदियाका छौ। र अझै पनि सहयोग गरि दिनु हुन्छ भन्ने बिनम्र अनुरोध गर्दछौ।एक एक थोपा पानि जम्मा गर्दा समुन्द्र बंछा भने जस्तै हो। हजुरहरुले जति सक्नु हुन्छ कृपया सक्दो सहयोग गरिदिनु भय ब्लड क्यान्सर एक वर्षीय बालिकले नया जिबन पाउनु हुने छ।

बालककाे अहिले कान्ति बाल अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि मुश्किल परेको छ । मेलुङ गाउँपालिकाले पनि अस्पताललाई सहयोग गरिदिन सिफारिस गरेको छ । सहयोग गर्न चाहनेले बालकका पिता सरोज खड्काको सानिमा बैंकको खाता नम्बर ००१०११०५०००१८५८ मा जम्मा गराउन सक्नेछन् । साथै उनलाई ९८४३५३०१६८ मा पनि सम्पर्क गरी प्रत्यक्ष भेटेर पनि सहयाेग उपलब्ध गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस