ब्लड क्यान्सरले ग्रस्त दोलाखाका एक वर्षीय बालिकको उपचारका लागि सहयोगको अपिल

काठमाडौं । सानै उमेरमा ब्लडक्यान्सर रोगले पीडित एक बर्षिय बालकको लागि सर्वत्र पहल गरिएको छ । दोलखा मेलुङ गाउँपालिका स्थायी घर भएका सरोज खड्का र जानुका थापाका १ बर्षिय छोरा सजन खड्कालाई सानै उमेरमा ब्लड क्यान्सरको संक्रमण देखिएको छ ।

बिरामीको उपचारका लागि २२ देखि २५ लाख सम्म खर्च हुने देखिएपछि उपचार गर्न कठिनाई भएपछि परिवार तथा मेलुङ गाउँपालिकाले नै सहयोगको लागि अपिल गरिरहेको छ । गाउँपालिकाले विज्ञप्ती नै निकालेर सहयोगको अपिल गरेपनि पर्याप्त सहयोग भने उठ्न सकेको छैन ।

बाललको हाल कान्तिवाल अस्पतालमा उपचार भइरहेको र हालसम्मको उपचार खर्चका लागि ……… घर भएका मिलन खड्काको पहलमा ५ लाख भन्दा बढी आर्थिक सहयोग जुटाएर उपचार भइरहेको तर आगामी दिनमा उपचारका लागि थप ठूलो रकम खर्च हुने भएपछी परिवारले सहयोगका लागि अपिल गरेको छ ।

सहयोग गर्न चाहनेले बालकका पिता सरोज खड्काको सानिमा बैंकको खाता नम्बर ००१०११०५०००१८५८ मा जम्मा गराउन सक्नेछन् । साथै उनलाई ९८४३५३०१६८ मा पनि सम्पर्क गरी प्रत्यक्ष भेटेर पनि सहयाेग उपलब्ध गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस