श्रीमान-श्रीमती चडेको मोटर साइकलको बिचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्‍यापिङ गरेको पोको खोल्लेर हेर्दा …

इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँ, जासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँ जा,सहित प,क्राउ गरेको हो ।

पक्रा, उ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको जेब्रा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँ, जा बरामद भएको हो । प्रहरीले उनीहरूको साथबाट २१ किलो गाँ, जा बरामद गरेको जनाएको छ ।

यस्तै गाँ, जा ओसा रपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत ६ विसनपुर (बिहार) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट प,क्राउ गरिएको प्रहरीले जनाएको छ ।

घट,नामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट ला, गूऔ,ष ध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुस न्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।- हाम्रोबिराटनगरबाट

प्रतिक्रिया दिनुहोस