काेराेनासँग मिल्दाेजुल्दाे लक्षण भएकाे स्क्रब टाइफस के हाे ? कसरी सर्छ ? यस्ता छन् बच्ने उपाय

काठमाडाैं । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारकाे सानाे किर्नाकाे टाेकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रूप लिन सक्छ । जस्तै मस्तिष्क, कलेजाे, फाेक्साे आदिकाे संक्रमण र कहिलेकाहीँ बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) अवस्था पनि सिर्जना हुन सक्ने स्वास्थ्य तथा

जनसंख्या मन्त्रालयले जनाएकाे छ ।मन्त्रालयका अनुसार स्क्रब टाइफस मुसाकाे कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टाेके याे राेग मानिसमा सर्छ ।

स्क्रब टाइफस भएमा उच्च ज्वराे आउनु, आँखा राताे हुनु, धेरै टाउकाे दुख्नु, टाेकेकाे ठाउँमा कहिलेकाहीँ कालाे दाग देखिनु, जाेर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, खाेकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु लगायतका लक्षणहरू देखिन्छन् ।

स्क्रब टाइफसबाट बच्नका लागि किर्नाबाट बच्नुपर्छ । किर्नाकाे टाेकाइबाट बच्न खेत, झाडी, वा वनजंगल जाँदा लामाे बाहुला भएकाे भएकाे कपडा र जुत्ता लगाउने र शरीरकाे खुला भागमा किटनासक मलमकाे प्रयाेग गर्न सकिन्छ । यस्तै घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न दिनु हुँदैन, वातावरण सफा राख्नुपर्छ । मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस