के जुत्ता-चप्पल उल्टो देख्दा सुल्ट्याउने गर्नुभएको छ तपाईले ? उल्टो चप्पलले गर्छ यस्तो संकेत

काठमाडौँ । के जुत्ता-चप्पल उल्टो देख्दा सुल्ट्याउने गर्नुभएको छ तपाईले ? उल्टो चप्पलले गर्छ यस्तो संकेत, कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ। तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौँ।

तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा छैन। जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ। कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ? ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन्। जसमा हामिले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ।

किनकी शनी मानिसको पैतालामा रहने गर्दछ। यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो। त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ। शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन।

यसले भाग्यबाट बञ्चित गर्दछ। उपहारमा पाएका जुत्ता व्यक्तिको करियरका लागि हानिकारक मानिन्छ। वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन। यस दिशामा र्‍याक फर्केमा त्यहा सूर्यको प्रकाश पर्ने भएकाले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ।

प्रतिक्रिया दिनुहोस