नि’र्घात कु’टपि’टपछि तालि’बानले पत्रकारलाई भन्यो- भाग्यमानी रैछस्, तेरो टा’उको का’टि’एन

काबुल । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई नि’र्घात कु’टपि’ट गरेर छोडेको छ । उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।

‘एक जना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टा’उकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए … उनीहरूले मलाई मा’र्न गइरहेका थिए भन्ने सोचें’, फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भने । समावेशी शा’सन चलाउने वाचा गरेको भए पनि तालिबानले आफ्नो शासनकोविरु’द्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।

बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमति विना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ । निर्घात कुटाइ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज (इन्फरमेसन डेलि) का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।

नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए । ‘उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने’, उनले भने । ‘उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई प’क्राऊ गरे र उनीहरूको फोन लिए’, नक्दीले एएफपीलाई भने ।

नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए । तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे । तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।

आफूलाई र्‍यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, ‘तालिबानले मलाई गा’ली गर्न र कु’ट्न सुरु गरे ।’ उनले आफूलाई किन पिटे’को भनेर सोधे, उनलाई भनियो– ‘तँ भाग्यमानी छस्, तेरो टाउको त का’टिएन ।’ अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि प’क्राउ परेका थिए र कु’टिएका थिए । ‘हामी यति धेरै पी’डामा थियौं कि हलचल गर्न पनि सक्दैनथ्यौं’, दर्याबीले बताए ।

ता’लिबानले केही घण्टापछि कुनै स्पष्टीकरण विना उनीहरूलाई अपमानजनक ढं’गले छोडिदिएको थियो । ‘उनीहरूले हामीलाई श’त्रुका रूपमा हेर्छन्’, तक्कीले भने । तालि’बानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको र’क्षा गर्ने दा’बी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दु’व्र्यवहार बढिरहेको छ ।

हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कु’टिएको, प’क्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शा’सन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् । विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकारहरूलाई तालिबानले दु’व्र्यव’हार गरेको छ ।

हालैका प्रदर्शनहरूले ता’लिबानले स’त्ता हातमा लिएपछि गरेको अधिक सहनशील शा’सन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ । इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए । ‘धरातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वास्तविकतादेखि पूरै फरक छ’, उनले भने । एएफपीबाट

प्रतिक्रिया दिनुहोस