फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा राखिएका धनाढ्यहरुका शव र मस्तिस्क चोरी !

काठमाडौं। फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा फ्रिज गरेर राखिएका धनाढ्यहरुका मृत शरीर र मस्तिस्कहरु चोरी भएका छन् । प्रयोगशालाका मालिककी पूर्व पत्नीले यी फ्रिज गरिएका मानव शरीरहरु चोरी गरेकी हुन् । रुसको मस्कोमा ५९ वर्षकी भलेरिया उदालोभा र उनको कम्पनीका स्टाफहरु मिलेर भलेरियाका पूर्वपतिको प्रयोगशालाबाट मानव शरीरहरु कब्जामा लिएका हुन् ।

यी शव ती मृतकहरुका हुन् जसले आफ्नो मृत्युभन्दा पहिल्यै आफ्नो शरीर फ्रिज गरेर भण्डारण गरी सुरक्षित राख्नको लागि यो प्रयोगशालालाई ठूलो रकम दिएका थिए । उनीहरुले विज्ञानले मरिसकेका मानव शरीरलाई पुनः जीवित बनाउने प्रविधि विकास गरेपछि आफूहरुलाई पुनः जीवित बनाउनको लागि यो रकम दिएका थिए । यी मृतकहरुमध्ये केही बेलायती र अमेरिकीहरु पनि छन् ।

द सनको रिपोर्टअनुसार यी शरीरहरु भलेरियाका पूर्वपति ४१ वर्षका ड्यानिला मेद्भेदेवको मस्कोमा रहेको प्रयोगशालामा राखिएका थिए । रिपोर्टका अनुसार यो प्रयोगशाला रुसको प्रमुख क्र्यो–स्टोरेज स्थल हो ।

भलेरिया र उनका स्टाफहरुले फ्रोजन शरीरहरु राखिएका विशाल भाँडाहरुबाट तरल नाइट्रोजल पोखेर यिनीहरुलाई कब्जामा लिएका हुन् । केहीले प्रयोगशालामा राखिएका मानव मस्तिस्कहरु पनि कब्जामा लिएका थिए । त्यसपछि उनीहरुले यी सबैलाई ट्रकमा हालेर लिएर गए । Source-Dcnepal.com

 

प्रतिक्रिया दिनुहोस