निपा भाइरस फैलाउने चमेरो नेपालमै, संक्रमणकाे जाेखिम ! सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजा तिको चमेरो नेपालमा पाइएको छ। त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ।

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ। ‘काठमाडौं उपत्यकाको केशरमहलमा समेत यो प्रजातिको चमेरो प्रशस्तै देखिन्छ’ उनले भने।निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिस बाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

उक्त प्रजातिको चमेराले टोेकेको फलफूल राम्रोसँग नपखाली खाएको अवस्थामा यो भाइरस मानिसमा सर्छ। संक्रमित व्यक्तिका दिशा, पिसाब,थुक, पसिना,रगत आदिबाट समेत अन्य व्यक्तिमा यो भाइरस सर्ने गर्छ। बंगुर व्यवसायीहरू त यो संक्रमणको झनै जोखि ममा हु्न्छन्। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस