फेरी श्रीमानसँग रोमान्टिक मुद्रामा प्रियंका

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । परिवारमा नयाँ खुशीको प्रतिक्षामा छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

कहिले साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर उनलाई खुशी दिन्छन् त कहिले पति तथा परिवारले । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् ।

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी कमेडी क्लबमा उपस्थित हुन पनि पुग्छिन् । भने बिभिन्न रोमान्टिक तस्बिरहरूपनि शेयर गरिरहन्छिन् ।यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन् । तस्बिरमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् ।

आमा बन्ने मिति नजिकिदैँ गएपछि उनको घरमा नयाँ परिवारको सदस्यको केही समयअगाडि स्वागतमा दही चिउरा कार्यक्रमको आयोजना गरियो । सधै ग्लामर्स लुक्समा देखिएर गालि खाने प्रियंका उक्त समयमा भने पहेँलो साडीमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस