कपडा र मोबाइल किनारमै राखेर भेरीमा हामफालिन् महिला

सुर्खेत, ३१ भदौं । भेरी नदीमा एक परिचय नखुलेकी महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर उनी भेरी नदीमा हामफालेकी हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले जानकारी दिएकी छिन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरी चौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले घटनास्थलमा प्रहरी गएकाले थप विवरण केहीबेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान पनि छाडेकी छन् ।

प्रतिक्रिया दिनुहोस