आज विश्वकर्मा पूजा यसरी मनाइँदै, यद्ताे छ विश्वकर्मा पूजाको धार्मिक महिमा (पूरा पढ्नुहाेस्)

आज विश्वकर्मा पूजा यसरी मनाइँदै, यद्ताे छ विश्वकर्मा पूजाको धार्मिक महिमा (पूरा पढ्नुहाेस्) । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

एकै रातमा समुद्रका बीचमा ‘भे-द द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् । भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।

आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घ-टना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस