तोरीको तेल र बेसार प्रयोग गरेर यसरी चम्काउनुहोस् दाँत ! [तरिका सहित]

काठमाडौँ – शरीरको महत्वपूर्ण अंगमध्ये एक हो, दाँत । सरसफाई र हेरचाह राम्ररी भएन भने दाँतमा पहेँलोपन देखिन्छ । यसबाट छुटकरा पाउन तोरीको तेल उपयोगी छ । तोरीको तेलले दाँत सेतो र चम्किलो बनाउन मद्दत गर्छ ।

–आधा चम्चा बेसारसँग एक चम्चा तोरीको तेल मिसाउने । यस पेस्टलाई औंलाले बिस्तारै दाँतमा रगड्ने । नियमित प्रयोग गर्दा यस पेस्टले दाँत चम्किलो बनाउँछ ।–आधा चम्चा तोरीको तेलमा एक चिम्टी नुन मिसाउने । यस पेष्टलाई ब्रसमा राखेर दाँत माझ्ने । यसो गर्दा पनि दाँतको पहेँलोपन हट्छ ।

–तोरीको तेलमा नुन मिसाउने । यस मिश्रणलाई दुई–तीन घण्टा घाममा राखेर आयोडिनमुक्त बनाउने । पछि औंलाले पेस्टलाई बिस्तारै दाँतमा रगड्ने । मनतातो पानीले कुल्ला गर्ने । नियमित यसो गर्दा दाँत बलियो बन्छन् ।

–आधा चम्चा शुद्ध तोरीको तेल हत्केलामा लिने । औंलाले बिस्तारै गिजामा दल्ने । दुई–तीन मिनेटपछि मनतातो पानीले कुल्ला गर्ने । यसो गर्दा गिजासम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । दाँत स्वस्थ्य र बलिया बन्छन् ।

प्रतिक्रिया दिनुहोस