कपालमा तेल लगाउनु हुन्छ ? कपालमा नियमित तेल लगाउँदाका यति धेरै फाइदा यस्ता छन् जानिराखाैँ

कपालमा तेल लगाउनु हुन्छ ? कपालमा नियमित तेल लगाउँदाका यति धेरै फाइदा यस्ता छन् जानिराखाैँ। कपाललाई महिलाहरुको गहनाको रुपमा लिइन्छ । महिलाको मात्र नभई कपाल पुरुषहरुको सौन्दर्यको पहिचान पनि हो । धुलो, धुवा, घाम, चिन्ता, औषधिको साइड इफेक्ट होस् या डाइटमा सही मात्रामा पोषण नहुँदा हाम्रो कपालमा समस्या देखा पर्न थाल्छ ।

कपालको सह्यारकालागि पुरुषले खासै चासो दिदैनन् । तर आफ्नो कपाल प्रति महिला सधै सचेत र सजक रहन्छन् । कपाल स्वास्थ्य, बलियो, चम्किलो, मुलायम बनाउनुका साथै यसलाई झर्नबाट रोक्न उचित स्याहार गर्न आवश्यक हुन्छ।

हप्तामा कम्तिमा दुई पटक १० मिनेट सम्म कपालमा तेल लगाएर मालिस गर्दा फाइदा हुनेछ । जसले गर्दा हाम्रो कपालका जरामा पोषण दिनुका साथै कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ । नियमित मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर बनाउछ ।

तेल लगाउनाले टाउकोका भएको नसामा रगत प्रवाह बढ्नुका साथै राम्रो निन्द्रा लाग्ने गर्छ । कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र यसले हाम्रो कपाललाई प्रदूषणबाट बचाएर स्वास्थ्य राख्न मद्दत पुर्याउछ ।

सुख्खा कपालका लागि तेल निकै उपयोगी छ । नियमित तेल लगाउँदा हाम्रो कपालको सुक्खापन हटाएर हाँगा फाट्नबाट जोगाउँदै सिल्की बनाउछ । तेलले कपालको चाँया हटाएर हाम्रो कपाललाई छिट्टै बढाऊन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस