चुकन्दर साह्रै धेरैले हेपेको तर असाध्यै जडी फल हो, तपाईले कहिले खानु भएको थियो ?

प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो त्यही समयका लागि अति उपयोगी हुन्छ । अर्थात जाडोको मौसमका जे जति खानेकुरा उत्पादन हुन्छ, त्यो त्यही मौसममा हाम्रो शरीरले माग गरिरहेको हुन्छ । त्यस्तै उत्पादन हो, चुकन्दर । सलादको रुपमा धेरैले चुकन्दर सेवन गर्छन् । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ । चुकन्दर रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सिको पूर्ति गराउाछ ।

धेरैलाई थाहा छैन कि, चुकन्दरमा फलाम तत्व अधिक हुादैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । जसले रक्र निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ । यहि कारण चुकन्दर चुकन्दरको सेवनले शरीरको अनेकौ हानिकारक पदार्थ बाहिर निकाल्न फाइदाजनक मानिन्छ । पात पनि फाइदाजनक – चुकन्दरको पात पनि निकै फाइदाजन मानिन्छ । चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ ।

पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ । सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ । चुकन्दरको गाढा रातो रंग के हो ? – हेर्दै रहरलाग्दो गाढा रातो रंग हुन्छ, चुकन्दरको । आम बुझाई छ, यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ । यद्यपी सत्य के हो भने, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ । चुकन्दरको नियमित सेवनले सम्पूर्ण शरीरलाई निरोगी राख्छ । हाल हाम्रो दैनिक आहारमा चुकन्दरले उचित स्थान पाएको छैन । यद्यपी नियमित रुपमा यसको सेवनले कतिपय रोग निर्मूल हुन्छ । साथसाथै यो सौन्दर्यको पनि खजना हो । यसले हेमोग्लोबिन बढाउाछ, फलत अनुहारको चमक बढ्छ ।

प्रतिक्रिया दिनुहोस