अनुहारको चाउरी हटाउन ल्वाङ

ल्वाङको प्रयोग खानादेखि छालाको हेरचाहको लागि पनि प्रयोग गर्ने गरिन्छ । ल्वाङमा औषधीय गुण हुने भएकाले यसले स्वस्थ राख्न मद्दत गर्छ । साथै, छालासम्बन्धी समस्यामा पनि औषधिको रुपमा काम गर्छ ।

ल्वाङको प्रयोगले कोलिजन प्रोडक्शन बढाउँछ । यसले छालालाई स्वस्थ र ताजा देखाउँछ । ल्वाङको प्रयोगले अनुहारमा आउने फंगल इन्जेक्सनबाट बचाउँछ । साथै, यसले अनुहारबाट ब्याक्टेरिया हटाउन पनि मद्दत गर्छ । ल्वाङमा एन्टि–सेप्टिक गुण पाइन्छ । जसले छालासम्बन्धी धेरै रोगहरुबाट बचाउँछ ।

चाउरीमा कसरी प्रयोग गर्ने ?चाउरी हटाउनका लागि हत्केलामा केही थोपा ल्वाङको तेल लिने र त्यसमा नरिवलको तेल मिसाएर राम्रोसँग घोलेपछि अनुहारमा हल्का हल्का मसाज गर्ने । त्यसपछि रातभर छोडिदिने गर्दा चाउरी कम हुँदै जान्छ ।

यस्तै, दुई तीनवटा ल्वाङलाई गुलाबजलसँग पिसेर सिधै अनुहारमा लगाउँदा अनुहारको चाउरीपन हट्दै जान्छ । भने, अनुहारको छाला नरम पनि हुँदै जान्छ ।यसका साथै, मुल्तानी माटोमा ल्वाङको पाउडर मिसाएर अनुहारमा लगाउँदा अनुहारमा आएका समस्याहरु कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस