जान्नुहोस् कुन अंगमा सुन लगाउँदा कति अशुभ , भुलेर पनि नलगाउनुस् देब्रे अंगमा सुन

मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ तथा अन्य विभिन्न धातुको प्रयोग गरि गहना लगाउने गरिन्छ । मानिसहरु सुन लगाउन निकै सौखिन हुन्छन् । पुरुष भन्दा बढि महिलाले सुनको प्रयोग गर्ने गर्छन् ।

हरेक धातुले हाम्रो शरीरमा कुनै न कुनै असर पारिरहेको हुन्छ । मानिसहरु सुनलाई विभिन्न गहना बनाएर लगाउने गर्छन् । सुन मात्र होइन चादिँ, तामा तथा अन्य विधिन्न धातुको प्रयोग गरि गहना लगाउने गरिन्छ । मानिसहरु सुन लगाउन निकै सौखिन हुन्छन् । पुरुष भन्दा यसको प्रयोग बढि महिलाले गरिरहेका हुन्छन् ।

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ । तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ:

१) देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ । लगाउनै परेमा भने ज्योतिषसँग सल्लाह लिनुपर्छ ।२) खुट्टामा सुन पहिरिएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ । ३) घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४) सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५) गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।६) साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।

७) ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

८) सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।९) वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

१०) फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११) सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
१२) कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।१३) पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

सुन एक धातु हो जसको ल्याटिनमा चिन्ह Auरहेको छ यसलाई भन्दा अउरम (Aurum) वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक (रासायनिक तत्व हो। यसको परमाणु संख्या ७९ हो।

सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्वलाई टेको दिन सकेको छ । सुनचाँदी बजार पत्रिकाका सम्पादक प्रकाश समीरका अनुसार नेपाली मौलिक गहनाहरुमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्वमा बृद्धि भएको बताउनुहुन्छ ।

विकशित मुलुकहरुमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको समीरको भनाई छ । लामो समयसम्म सुनचाँदीको क्षेत्रमा क्रियाशिल पत्रकार प्रकाश समीरले नेपालमा सुनको कारोवारमा निश्चित मापदण्ड नबनेका कारण यसको कारोवारमा समस्या देखिएको पनि बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस