बोल्न न,सक्नेलाई बोलिदिने दिव्य शक्ति ‘ला,टी बाराही’को महिमा जान्नुहोस् :

“आफ्ना बालबच्चा, न,बोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दु,ख्ने गर्दछ।बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन्।तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ।

“उमेर पुगेर पनि नबोल्ने, बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन्।

नबोल्ने बालबालिकाका लागि,बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए।मन्दिरको स्थापना, कहिले ,भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उनले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाए।

उनका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ।खरखरे पहरोका बेंसीमा ,रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो।

आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिए।उनका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ।

न,बोल्ने बालबालिका,लाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउँछन्।“बोली,फुट्न नसकेका बालबालिकाको बोली आउने जनविश्वाससँगै ठाउँ ठाउँबाट बालबच्चा लिएर आउने गरेको यस तीर्थस्थलको खासै प्रचार भने हुन सकेको छैन”, उनले भने।

यस्ता तीर्थस्थलको ,प्रचारप्रसार सँगै समग्र भावरलगायत क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई पनि उजागर गर्न सकिने उनको तर्क छ।मोटरेवल पुलको अ,भावमा ला,टी बाराही तीर्थस्थलसहित यहाँको उब्जाउयोग्य भावर, वैद्य,पानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँट विकासमा पछि परेको नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि चूडामणि खनालले बताए।

पाँच वर्षयता क्या,ङ्दी फाँटलाई जोड्ने गरी शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण गर्न लागिए पनि काम कछुवाको गतिमा भइरहेको उनले बताए।खनालका अनुसार फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचूर सम्भावना भएर पनि पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन्।

ला,टी बाराही मन्दिरको, महत्वका साथै प्राचीनकालमा वैद्यले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस