खेमबहादुरको बयान : श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि……

काठमाडौं । आज दिनभरी नारायणहिटी दरबार संग्रहालयमा भएको श्रीपेच झिक्ने प्रकरण निकै चर्चामा रह्यो । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगेका थिए । टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित व्यवहार देखाउन थालेको बताइन्छ ।

त्यसपछि उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा तोडेका हुन् । त्यहाँबाट उनी श्रीपेच भएतिर अघि बढेका थिए । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिन सफल भयो । घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा छन् । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

सिसामा हिर्काउँदा उनको हातमा चो’ट ला’ग्यो । खुकुरीको सिसामा हि’र्काएर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फु’टा’एपनि उनले खु’कु’री निकाल्न पाएनन् । तर प्रहरीलाई उनले दिएको बयानले सबैलाई हैरान बनाएको छ । प्रहरीसँग उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बयान दिएका छन् ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रीपेचको सोकेशमा किन हि’र्का’उन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’

श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।

श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फु’टा’उन खो’जे’को खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।

योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’ मानसिक समस्याका कारण आकस्मिक सोचका कारण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तो’डफो’ड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस