यी महिलाले गरिन यस्तो सोच्नै नसक्ने काम , दिउँसो नै यस्तो काम गर्दा गर्दै रंगेहात पक्राउ परिन

विराटनगर : ला’गुऔ’षध गाँ’जासहित विराटनगरबाट शनिबार दिउँसो एकजना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादव रहेकी प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले छापा हानेर उनको घरबाट १७ किलोग्राम गाँ’जा बरामद गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घरमै गाँ’जा किनबेच भइरहेको पाइएपछि यादवलाई पक्राउ गरिएको हो। गाँ’जाको कारोबारमा उनी मात्रै संलग्न हुन् कि अरुको पनि संलग्नता छ भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले जानकारी दिए। भारत निकासी गर्नका लागि पहाडी जिल्लाबाट गाँ’जा ल्याइएको हुनसक्ने उनको भनाइ छ।

नेपालमा गाँ’जा प्रति किलो २० हजार रुपैयाँसम्ममा किनबेच हुने बताइएको छ। भारत पुर्याउँदा दोब्बर मूल्य अर्थात ४० हजार रूपैयाँभन्दा बढी पाइने भएपछि ला’गुऔ’षध गाँ’जाको अ’वै’ध ओसारपसार एवं कारोबार हुने गरेको प्रहरीको अनुमान छ।

एसपी जिसीका अनुसार पछिल्लो समय गाँजाको कारोबार बढेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ। ला’गुऔ’षध गाँ’जाको कारोबार रोक्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस