हरेक रात सधै एउटै कुराले सताई रहन्छ भोलीको दिनमा म केही गर्न सकुला कि नसकुला

हरेक रात सधै एउटै कुराले सताई रहन्छ भोलीको दिनमा म केही गर्न सकुला कि नसकुला

१. जिद्धि त सबै हुन्छन् तर झुक्छ त्यहि जसलाई सम्बन्धको चिन्ता हुन्छ ।

२. यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो र, कहिले सुन्नु भएको छ, मेरो सपनाको मजदुर जन्ती लिएर आउछ भनेर ।

३. माया गर्ने आट गरिसकेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्दछ ।

४. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हर्दा राम्रो देखिन्छ तर एक्लै छ ।

५. मानिसहरु हरेक पटक यहि सोध्छन् कि, ऊ मा के देखिस, र म हरेक पटक यहि भन्छु, माया बिना कारण हुने गर्छ ।

६. मानिसहरु बदलिन्छन्, प्रेमले चोट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तोडिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ ।

७. सारै गाह्रो रहेछ उसलाई भुलाउन, जसले तिमीलाई सम्झनको लागि अनेकौ यादहरु दिएको हुन्छ ।

८. यति बुझ माया सिसा हो, त्यसैले त फुट्दा कम र चर्किदा बढी दुख्ने गर्छ ।

९. आजकाल मनबाट होइन, दिमाग बटा सम्बन्ध निभाउने गर्छन् ।

१०. मायाको अर्थ माया गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिल्यै बुझ्दैन ।

११. चित्त दुख्ने बित्तिकै रोइहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आँशुको लायक हुदैनन् ।

१२. जब बिश्वास टुट्छ नि यो ‘सरी’ भन्ने शब्द पनि मजाक लाग्दछ ।

१३. प्रेम गर्दा चाहि दुबैको सहमति हुनुपर्ने रे, अनि बिछोडमा चाहि एक्लै निर्णय गरे हुने, कति धेरै अन्याय ।

१४. करोडौको भिड किन नहोस्, खोजि सधै त्यहि एक अनुहारको हुने गर्दछ ।

१५. प्रेमको परिभाषालाई संग्रालयमा राख्नुपर्छ किनकि यसको महत्वनै लोप भएर गईसक्यो ।

१६. हरेक रात सधै एउटै कुराले सताई रहन्छ भोलीको दिनमा म केही गर्न सकुला कि नसकुला ।

प्रतिक्रिया दिनुहोस