फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले नै घटेको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको थियो ।

मंगलबार प्रतितोला ८९ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य आज तोलाको ११ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।

यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् महिला
एजेन्सी । महिला र पुरुष रथका दुई पाङ्ग्रा भनिन्छ, तर पुरुषका केही यस्ता व्यवहारहरु हुन्छन् जसलाई महिलाले फिटिक्कै मन पराउँदैनन् । जसका कारण सँगै हिड्नुपर्ने रथका दुई पाङ्ग्रामा गडबडी पैदा हुन्छ । आखिर कस्ता व्यवहार भएका पुरुषलाई महिलाले मन पराउँदैन ? आउनुहोस् यसबारे जानकारी लिउँ।

१. सरसरफाईमा ध्यान नदिने पुरुषः
सरसफाईका सवालमा पुरुषहरु भन्दा कयौं गुणा सजक हुने गर्छ महिलाहरु। महिलाहरु जति होसियार आफ्नो स्वास्थ्यमा छ त्यसको ठिक उल्टो पुरुषहरु लापरवाही गर्छन्। आफ्नो सरसफाईमा ध्यान नदिने पुरुषलाई महिलाले एक रती मन नपराउने अध्ययनले देखाएको छ।

२.दारीवाल पुरुषः
पुरुषहरु आफ्नो दारीका कारण फरक फरक लुक्समा देखिने गर्छन्। फरक लुक्स देखिन दारीको महत्वपूर्ण भूमिका रहन्छ । तर कोही पुरुष भने आफ्नो दारीको हेरचाह नगरी नमिलेको लामो लामो दारी बोकेर हिड्ने गर्छन् । यस्ता पुरुषहरुलई महिलाले मन पराउँदैन।

३. बिना क्रीमको शेविङ गर्ने पुरुषः
पुरुषहरु क्रीम बिना नै शेविङ गर्ने गर्छन् । तर महिलाहरुले बिना क्रिम शेविङ गर्ने पुरुषलाई मन पराउँदैन । महिलाहरु ठान्छन् की क्रिम बिना शेविङ गर्दा अनुहारको त्वचा विग्रन सक्छ। दारीजुङाको रुखो रौंहरु काट्नलागि उनीहरु क्रिम सहित राम्रो रेजरको प्रयोग भएको मन पराउँछन्।

४. कान र नाकमा रौं पाल्ने पुरुष :
पुरुषहरु हमेशा आफ्नो नाक र कानमा रौं बोकेर हिड्ने गर्छन् । अध्ययनले बताए अनुसार यस्ता रौंवाला पुरुषहरुलाई महिलाहरु मन पराउँदैनन् । महिलाहरु नाक र कानको रौं हेर्न गर्छन् । उनीहरु नाक र कानको रौं देखि घिनाउने गर्छन्। नाक र कानको रौं अनुहारको धब्बाको रुपमा उनीहरु बुझुने गर्छन्।

५. शेम्पोको प्रयोग नगर्ने पुरुषः
कपाल स्वस्थ राख्न महिलाहरु शेम्पोको प्रयोेग गर्छन्। महिलाहरु चाहन्छन् की पुरुषहरुपनि आफ्नो कपालको सुरक्षाको लागि सेम्पोको प्रयोग गरुन्। कपालको हेरचाह नगर्ने पुरुषहरु महिला मन पराउँदैन्।

६. सेतो कपाल भएको पुरुष :
कपाल फुल्नु त उमेर जन्य पनि हुन सक्छ। तर कसै कसैको भने उमेर नपुग्दै फूल्ने गर्छ। कपाल सेत्तै फूलेपनि हेरचाह नगरी अथवा कालो नलागाई हिड्ने पुरुषहरु महिलाहरु मन पराउँदैनन्। उनीहरु सेतै कपाल फूलेको कोही जवान पुरुष देखे भने उडाउँन थाल्छन्। एक अर्काका गील्ला गरेर हजिमजाकमा उडाइदिन्छन्।

प्रतिक्रिया दिनुहोस