उत्तर कोरियाले परीक्षण गर्‍यो ध्वनीको गतिभन्दा तिव्र अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र!

उत्तर कोरियाले मंगलबार परीक्षण गरेको क्षेप्यास्त्र हाइपरसोनिक भएको जनाएको छ। आफ्नो देशको पाँच महत्वपूर्ण हतियारमध्ये एउटा हासङ–८ क्षेप्यास्त्रको आफूले सफल परीक्षण गरेको उत्तरले बुधबार जनाएको हो।

पञ्चवर्षीय सैन्य योजना अन्तर्गत ध्वनीको गतिभन्दा पाँच गुणा तिव्र क्षेप्यास्त्र आफूले बनाएको उत्तरको भनाइ छ। उत्तरको सरकारी संचारमाध्यमका अनुसार हासङ–८ रणनीतिक हतियार हो।

सामान्यतः रणनीतिक हतियार परमाणु क्षमताको हतियार भन्ने बुझिन्छ। अन्तर्राष्ट्रियस्तरबाट कडा रुपमा प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाले हतियार विकास र क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकेको छैन।

बीबीसीका अनुसार उत्तर कोरियाले एक महिनाको अन्तरालमा तीनपटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ। गत जनवरीमा मात्र सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले हाइपरसोनिक हतियार विकास गरेको जनाएको थियो।

दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले भने उत्तरका पछिल्ला क्षेप्यास्त्रहरु अमेरिकाको लागि खतरा नभएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस