सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१५ सम्म मासिक ब्याजदर

नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ ।

आश्विन १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१५ सम्म उच्च ब्याजदर दिइरहेको छ ।

साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ । यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।

सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

भवदीय,

टंकमणि बराल
प्रमुख निक्षेप व्यवस्थापन (रिटेल)
आश्विन १४, २०७८

प्रतिक्रिया दिनुहोस