तपाईलाई पिनाश छ ? उसोभए थाहा पाउनुहोस यसका लक्षण,समस्या र समाधानका उपायहरु

काठमाडौँ । हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका अनुसार उपचारमा आएका मध्ये १५ प्रतिशत बिरामी पिनासको समस्या लिएर आउँछन्। पहिले–पहिले रुघाखोकी लागे पनि समयमै उपचार नगर्ने कारण पिनास हुनेको संख्या धेरै हुन्थ्यो। तर पछिल्लो समय रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्ने चलन बढेकाले पिनास हुनेको दर घटेको उनको अनुमान छ।

के हो पिनास ? नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ। यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ। रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ। बाहिरी वातवरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ। मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन्। जसका कारण रुघाखोकी लागिरहने हुन्छ।

त्यस क्रममा पिनास हुने सम्भावना बढ्ने वीर अस्पताल नाक–कान तथा घाँटी विभागका प्रमुख डा। पौडेल बताउँछन्। ‘मौसम परिवर्तन हुने क्रममा वातवरणमा रुघाखोकीका भाइरस बढी सक्रिय हुन्छन्, त्यसकारण जाडोमा रुघा धेरै लाग्छ,’उनले भने,‘रुघा धेरै लागेपछि नै पिनास हुने जोखिम पनि बढ्ने हो।’

जब वातवरणमा रुघ लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन्। कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ। वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ।

पिनास हुने दोस्रो कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु। यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन। यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ। यस्तो अवस्थामा पिनास हुन्छ ।

पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु। नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ। यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ। यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन्। यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुन्छ।

हाम्रो वातवरणमा किटाणु बढी हुनुका कारण रुघा लागिरहने भएकाले हामी सबै पिनासको जोखिममा रहेको डा। पौडेल बताउँछन्। तसर्थ सकेसम्म व्यक्तिगत सफाइमा ध्यान दिने, बाहिर हिँड्दा भरपर्दो मास्कको प्रयोग गर्ने गरेर रुघा लाग्नबाट बच्नुपर्छ। कारणवश रुघा लागिहालेमा पनि यसको छिटो र उचित उपचार गर्नुपर्छ।

सानोमा कुपोषण भएका तथा पछि गएर कुपोषण भएका व्यक्तिमा पनि रुघाखोकीको संक्रमण बढी हुने र सामान्य उपचारले निको नहुने डा। पौडेल बताउँछन्। यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्ने र पोषणयुक्त खानपान गरेर शरीरको रोग प्रतिरोध क्षमता बढाउन सकिने उनी सल्लाह दिन्छन्। अर्को कुरा, रुघाखोकी लागिहालेमा तथा पिनास भइहालेमा त्यसको बेलैमा उपचार गर्नु यसको असरबाट बच्ने अर्को उपाय हो।

पिनासको कारण: साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्। कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ।

चुरोटको धुँवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ। त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ। सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ।

पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन्। भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ। १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ। लगायतार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ।

पिनासका लक्षणहरु: पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ। लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुङ्ने शक्तिमा कमि आउँछ। कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ।

टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन्। पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन्।

भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ। एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ। जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ।

नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन्। साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ। टाउको दुख्ने, अनुहारका भागहरू दुख्ने, नाक बन्द हुने, नाकबाट बाक्लो सिंगान बग्ने, मुखबाट खकार आउने।

उपचार: रुघाखोकी लाग्यो भन्दैमा आफूखुसी औषधि सेवन गर्नु भने उचित नहुने चिकित्सक बताउँछन् । एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ । एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ । सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ ।

चिकित्सकका अनुसार नाकको हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ । शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ ।

रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर भएकालाई बढी रुघा लाग्छ। प्रतिरक्षा बलियो भएकालाई कम लाग्छ । बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ । टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन् ।

समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने चिकित्सक बताउँछन् । नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ । मस्तिष्कमा पिप जम्यो भने ब्रेन एक्सिस (मस्तिष्कमा संक्रमण) र मेनेन्जाइटिस हुन्छ । साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ ।

पिनास र भ्रम: हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ ।

कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ । त्यसले गर्दा अनावश्यक रुपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन ।

के खाने के नखाने ? नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । ९सुघ्ने शक्ति० हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन ।

पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ।

मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्ने कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ ।

हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ ।

रगत आउने एवं अन्य विविध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

प्रतिक्रिया दिनुहोस