करोडौँ पर्ने घर भएका सहरियालाई कौसीखेती गर्न सरकारको १० हजार अनुदान

काठमाडौं । सहरमा करोडौँ पर्ने तीन/ चारतले घर छ । कोठा भाडामा लगाएर महिनामै दशौँ हजार बुझ्छन् । यिनै सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती सरकारले कौसीखेतीका नाममा १० हजार अनुदान बाँडिरहेको छ । र, घरधनीहरु पनि अनुदान हात पार्न लाइन लाग्ने गरेका छन् ।

जब कि तरकारी खेतीबाटै परिवार पाल्ने सहरी क्षेत्र आपिासका वास्तविक किसान राज्यको अनुदानबाट वञ्चित मात्रै छैनन्, उत्पादनको उचित मूल्यसमेत नपाएर निराश छन् । १० हजार अनुदान बुझ्नेमा काठमाडौंको केन्द्र न्युप्लाजा, नयाँ बानेश्वर, बुद्धनगर र थापाथलीमा घर भएकाहरु पनि छन् ।

काठमाडौं १० नयाँ बानेश्वरका २५ घरधनीले सागरिका भट्टको नाममा समूह बनाएर १०, १० हजारका दरले दुई ५० हजार अनुदान लिएका छन् । अनुदान प्राप्त गर्न २५ जनाको समूह बनाएर प्रस्ताव लैजानुपर्छ । त्यस्तै, काठमाडौं ३ बुद्धनगरका घरद्दनीले पनि नेपाल महिला मैत्री समाज नाममा समूह बनाएर १०, १० हजारका दरले दुई लाख ५० हजार नै लिएका छन् ।

ललितपुरको भिआइपी क्षेत्र र्भैसीपाटीमा घर भएकाहरुले पनि अनुदान छाडेनन् । भैंसीपाटीका मञ्जुश्री जागृति महिला समूह, फुलबारी टोल सुधार समिति, गृहणी कौसीखेती समूहलगायतले अनुदान लिएका छन् । त्यस्तै, भक्तपुर सूर्यवनिायकका बृहत्तर कौसीखेती समूह र डोलेश्वर महिला समूहका नाममा दुई लाख ५० हजारका दरले अनुदान वितरण भएको छ ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस