सुन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ, बजारमा सुनको भा’उ?

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

फोनमै बसेको माया बिहे गरेर लगेकै त्यो रात जब श्रीमानले यस्तो भनेपछि
फोनकै कुराकानीमा बसेको माया प्रेमले यतिसम्म गराउला भन्ने बेलडाँडी गाउँपालिकाका १८ वर्षीया अनुजा परिवर्तित नाम० ले सपनामा समेत सोचेकी थिइनन्। तीन चार महिना फोन कुराकानी भएपछि बेलौरी नगरपालिका–७ रामनगरका २५ वर्षीय देव रानाले अनुजासँग बिहेको प्रस्ताव राखे। लामो समयको गहिरो प्रेमपछि देवको विवाहको प्रस्ताव अनुजाले नकार्न सकिनन्। हिँडदा, उठ्दा, बस्दा उनलाई देवकै याद आउँथ्यो। त्यसमा पनि मिलेको जिउडाल, कपालको स्टाइलले अनुजानको मन देवतिर तानिकएको थियो।

देवले बारम्बार अनुजासँग बिहेको प्रस्ताव गरिरहे। अर्थात देवले अनुजालाई एक किसिमले बिहे गर्न दबाब दिइरहे। घरमै आएर प्रेम प्रसंगबारे बताएपछि अनुजाका दाइले देवसँग उनको बिहे गरिदिए। सामान्य आर्थिक हैसियत भएकाले अनुजाका दाइले उनीहरुको टीकाटालो गरेर बहिनी अन्माएका थिए। अनुजा र उनको परिवारलाई देवले गैरसरकारी संस्थामा जागिरे समेत भएको बताएका थिए। देवले शुक्लाफाँटा नगरपालिका–४ असैनामा डेरा गरेर बस्दै आएको घरमा अनुजालाई भित्र्याए।

तर बिहे गरी ल्याएको पहिलो रात मात्र अनुजाले थाहा पाइन् देव त देविका रहेछिन्। अर्थात् देव केटा नभएर केटी नै भएको उनले थाहा पाइन्। स‍ँगै सु त्दा समेत शा’री’रि’क सम्बन्ध नराख्ने र पछि हट्न थालेपछि अनुजाले यसबारे थाहा थाएकी थिइन्। ‘म पनि केटी नै हुँ भनेर देवले स्विकारेपछि मात्र अनुजाले माइतीलाई यसबारे जानकारी गराइन्। रुँदै अभिभावकलाई अनुजाले देवबारे सबै बताएपछि उनका माइती चकित मात्र भएनन सबैको हो’सस’मेत उ’ड्यो।

अभिभावकले यसबारे इलाका प्रहरी कार्यालय झलारीमा ‘झुक्यानमा पारेर विवाह गरेर ल्याएको’ उजुरी दिए। प्रहरीले देव र अनुजालाई सँगै राखेर शनिबार कुरा गरेपछि यसबारे अझ खुल्न आएको हो।देव भनिने देवकी राना बहाइ धर्म प्रचारक पनि हुन्। धर्म प्रचारक भएदेखि उनले नाम परिवर्तन गरेका रहेछन्। देवकी आमा राम दुलारीले देव आफ्नी छोरी भएको स्विकारिसकिन्।

इलाका प्रहरी झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले दुवै जनालाई अभिभावक जिम्मा लगाइएको बताए। ‘अनुसन्धान जारी छ’, उनले भने, ‘अन्य प्रयोजनका लागि विवाह गरेको रहेछ भने कारबाही बढाउँछु।’ देवकीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक बोहराले भने, ‘सबै थोक दिन सक्छु तर शारीरिक सुखभोग दिन सक्दिनँ भनेर सबैसामु भनेका छन्। उनको भनाइले पनि उनी केटा चै होइनन्।’ उनका परिवारका अनुसार सानैदेखि देवकीले केटी भएर पनि केटाकै हाउभाउ देखाउने गरेका थिए।

प्रतिक्रिया दिनुहोस