यस्ती भइन् ‘कुछ-कुछ होता है’की सानी अन्जली (फोटोफिचर)

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् ।

फिल्ममा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली ।

त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको छ । उनी अध्ययनको क्रममा अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । उनको वास्तविक नाम साना सइद हो ।

र यो पनि पढ्नुहोस् :
अब जावलाखेल चिडियाखाना हेर्न जान घरबाटै टिकट

काठमाडौं, ९ माघ । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट लिनुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ ।

जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ ।

पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले राससलाई जानकारी गराउनुभयो । अनलाइनबाट टिकट लिने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा पोखरेलले बताउनुभयो । टिकट लिनका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस