पेटमा पाँच बच्चा थिए, बाँचेका तीन कसरी हुर्किँदै छन्

नुवाकोटकी सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको आज ठिक एक वर्ष पूरा भएको छ।अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताउँछिन्।

उनी भन्छिन्, “नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ।”बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्काउन पाउँदा अनेकौँ दुख कष्ट भए पनि बच्चाको हाँसोमा आफूले सबै पीडा बिर्सिने गरेको सोमिका बताउँछिन्।

उनले भनिन्, “गर्भावस्थाका बेला जीवन र मृत्युको दोसाँधमा लड्दै गरेकी जस्ती भएकी थिएँ। बच्चा जन्माएपछि अहिले एक वर्ष खुसी भएरै बिताएकी छु।”भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘मेरो चार छोरीको नाम नदोहोरियोस्’शिशुहरूको स्याहारसुसारमा परिवार र एक जना सहयोगी समेत दत्तचित्त छन्। राजनीतिमा सक्रिय सोमिकाका श्रीमान्‌ले पनि सहयोग गर्ने गरेको बताउँछिन्।

एकैपल्ट तीन देवी जन्म दिएको भनेर परिवार खुशी छ। तर समाजका कैयौँले तीन छोरी जन्मे अब फेरि छोरा पाउने होला भन्ने गर्छन्।”त्यस्तो सुन्दा दुख लाग्छ यो समाजले किन छोरालाई बढी महत्त्व दिएको होला भनेर,” उनले भनिन्।

शुरूका दिन सोमिकाको दूधले एक महिनासम्म तीन छोरीलाई पुग्थ्यो। तर दोस्रो महिनादेखि नै अन्य दूध खुवाउन थालिन्। साढे पाँच महिनादेखि भने लिटो, जाउलो तथा फलफूलहरू पनि खुवाउँदै आएको उनले बताइन्।

कैयौँ जुम्ल्याहा, तिम्ल्याहा बच्चाहरूको रुचि र स्वभाव एउटै हुने भए पनि उनका छोरीहरूका स्वभाव भने फरक फरक रहेको सोमिकाले बताइन्।राती नौ दश बजेतिर भने पालैपालो केही समयको फरकमा निदाउने गरेका छन्।

तिम्ल्याहा
खाने खुवाउने बेला भने बच्चाहरूको व्यवस्थापन चुनौतीपूर्ण रहने गरेको छ।उनी भन्छिन्, “खान खुवाउन करिब डेढ घण्टा लाग्छ ३ जनानै एकै ठाउँमा झुम्मिन्छन्। कहिले कहिले एक अर्कालाई दलिदिने, कपडाहरू तान्दिने अनि रुने, एकलाई खुवाए अर्की अन्तै गइरहेकी हुन्छे फेरि तानेर ल्यायो अर्की के गरिरहेकी हुन्छे। कहिले त आआफ्नो बिहानको खान खाने समय नै घर्किन्छ।”

उनले बच्चाहरूलाई हप्तामा एक पटक नुहाइदिने गरेकी छन्। त्यस दिन उनी अन्य दिनभन्दा बढी नै व्यस्त हुन्छिन्।पालैपालो नुहाउने, तेल लगाउने अनि सुताउने गर्दा दिन बित्छ।उनले आफ्ना छोरीहरूको नाम भने अझै राखेकी छैनन्।सोमिका भन्छिन्, “तीनै जनाको उस्तै सुनिने नाम राख्ने सोचमा छु।”

प्रतिक्रिया दिनुहोस