१९ वर्षकी बच्चिको एक्कासी नौ ९ महिनाको बच्चा पाउने बन्यो पेट, एक्सरेमा हेर्दा डाक्टर नै चकित !

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कहिलेकाही मानव शरीरसँग सम्बन्धित यस्ता घटनाहरु बाहिर आउँछन्, जसलाई देखेर चिकित्सा विज्ञान र डाक्टरहरु पनि छक्क पर्छन् ।

त्यस्तै एउटा घटना बेलायतबाट बाहिर आएको छ । त्यहाँ एक महिलालाई देख्दा लाग्छ कि उनी नौ महिनाकी महिनाको बच्चा पाउने हुन् ।

तर जब डाक्टरहरुले उनको अपरेशन गरे, एक धेरै चकित पार्ने कुरा बाहिर आयो । शल्यक्रियापछि ती महिलाको पेटबाट एउटा बालक होईन अरू केही बाहिर आयो । यो रोचक घटना स्टैफर्डशायरमा देखिएको हो ।

‘द मेट्रो’ मा प्रकाशित एक रिपोर्ट अनुसार १९ वर्षीया ति महिलाको नाम अबी चाडविक हो । अचानक उनको पेटमा दुखाइ शुरू भयो, कहिले काहिँ दुखाइ कम हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने पनि गरेको थियो ।

उनको पेट यति धेरै बढ्यो कि केहि महिनामा तौल पनि अचानक बढ्यो । मानिसहरु उनलाई बच्चा पाउने सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको बच्चा पाउने भएको भन्दै पत्याउदै आएका थिए ।

तर ति युवतीले परीक्षण गराउने बिचार गरिन् । परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् । परीक्षणपछि डाक्टरहरुले पेटमा ढुङ्गा वा पत्थरी रहेको कुरा पत्ता लगाए । त्यसपछि पुनः जाँच गर्दा जे देखियो त्यसले सबैको चकित बने । उनको पेटमा एक ठूलो ढुङ्गा बनेको थियो ।

डाक्टरहरूले पत्ता लगाए कि ती महिलाको पेटमा १३ इन्चको डल्ला थियो । यो ढुङ्गा हटाउन, डाक्टरहरुले उनलाई एक शल्यक्रिया गर्न सुझाव दिए । अन्ततः उनी शल्यक्रिया गर्ने कुरामा सहमत भइन् ।

पश्चिमी मिडल्याण्डको एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको उपचारपछि, सो ढुङ्गा हटाइयो । केहि दिन डाक्टरहरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् । अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

ती महिलाले आफ्नो सामाजिक सञ्जालमा यो सम्पूर्ण घटनाको बारेमा उल्लेख गरेकी हुन् । उनले भनेकी छिन्, ‘म शायद यो (ढुङ्गा) संगै जन्मेकी थिएँ, जुन समयसंगै बढ्यो र मलाई यो थाहा भएन् ।

यदि मैले यो देखेको हुन्थिन् भने जे पनि हुन सक्थ्यो । किनकि मेरो पेट ढुङ्गा जस्तै कडा भएको थियो । जब म किनमेलको लागि बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको बच्चा पाउने भन्थे ।’ उनले चाहेर पनि तौल घटाउन सकिरहेकी थिइनन् ।

एउटा फुटबल आकारको ढुङ्गा फालेपछि अब उनी ढुक्क भएकी छिन् । शल्यक्रिया पछि आफु पूर्ण रुपमा स्वस्थ भएको पनि उनले पोस्ट मार्फत जानकारी दिएकी छिन् । उनको तौल अझै पनि कम भएको छैन । तर अब उनी यसलाई घटाउन कडा मेहनत गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस