पक्राउ गर्न प्रहरी आएपछि रुखमा चढे आ’रो’पी, प्रहरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो

काठमाडौं। आफूलाई प’क्रा’उ गर्न प्रहरी आएको थाहा पाएपछि एकजना आ’रो’पी रुखमा चढेर बसे । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रहरी पनि ३ दिनसम्म रुखमुनि कुरेर बस्यो । ३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् ।

भुइँमा ओर्लिएपछि उनलाई प्रहरीले हि’रा’स’तमा राखेको छ । अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समयअनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् ।

आफूलाई प’क्रा’उ गर्न प्रहरी आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गि”र’फ्ता’रीबा’ट बच्न रुखमा चढेका थिए । सीबीएस न्यूजका अनुसार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुखबाट ओर्लिए ।

प्रहरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो । प्रहरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउनेदेखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरुलाई फकाउन लगाए पनि कुनै पनि उपायले काम गरेन ।

अन्ततः एक पास्टरले उनलाई प्रहरीले कुनै षति नगर्ने विश्वास दिलाएपछि उनी ओर्लिन राजी भएका थिए । थोमसले ध”म्की दिएको भन्दै उनकी आमाले प्रहरीलाई खबर गरेपछि प्रहरी उनलाई प’क्रा’उ गर्न आएको थियो ।

प्रतिक्रिया दिनुहोस