यि महिला घर नजिकै हिँड्दै गर्दा डल्लोमा ठे’स लाग्यो, छिमेकीले मूल्य सुनाउदा सातो गयो

काठमाडौं – एक महिला आफ्नो घर नजिकै हिँड्दै गर्दा उनलाई एउटा डल्लोमा ठे’स लाग्यो । उनलाई त्यो डल्लो के हो भन्ने थाहा भएन । तैपनि उनले त्यो डल्लोले आफ्नो लागि केही पैसा दिलाउन सक्ने आशामा त्यसलाई घिसार्दै आफ्नो घर नजिकै लिएर गइन् ।

जब उनले त्यो डल्लोको मूल्य थाहा पाइन् त्यसपछि भने उनको सा’तो गयो । डेलीमेलको रिपोर्टअनुसार फेब्रुअरी २३ का दिन थाइल्याण्डको नाखोन सी थाम्मारात प्रान्तको समुद्र किनारमा सिरिपोर्न नियामरिन नामकी ४९ वर्षकी महिलाले एउटा ठूलो डल्लो समुद्रको पानीले पखालिँदै गरेको अवस्थामा भेटेकी थिइन् ।

नजिकैबाट हेर्दा उनले त्यो डल्लोबाट माछाको गन्ध आइरहेको थाहा पाइन् । त्यसपछि उनले त्यो डल्लो घिसार्दै घर ल्याएकी थिइन् । छिमेकीहरुसँग यसबारे सोधेपछि मात्रै सिरिपोर्नले यो डल्लो ह्वेलको बान्ता भएको थाहा पाइन् । ह्वेलको बान्तालाई एम्बरग्रिस भनेर चिनिन्छ । १२ इन्च फराकिलो र २४ इन्च लामो यो डल्लो १५ पाउण्ड तौलको छ ।

यसको मूल्य १ लाख ८६ हजार ५ सय पाउण्ड अनुमान गरिएको छ । अब सिरिपोर्न यो डल्लो वास्तविक एम्बरग्रिस हो कि होइन भन्ने पंमाणीकरणको लागि विशेषज्ञको पर्खाइमा छिन् । एम्बरग्रिस अत्यन्तै दुर्लभ पदार्थ हो र यो परफ्युम बनाउन प्रयोग गरिन्छ ।

यदि मैले भेटेको वस्तु साँच्चिकै एम्बरग्रिस रहेछ भने यसलाई बेचेर मैले मेरो समाजलाई मद्दत गर्न सक्छु’ उनले भनिन् । यस्तो ठूलो टु’क्रा भेट्टाएकोमा म भाग्यमानी महसुस गर्छु । मलाई आशा छ यसले मलाई केही पैसा दिलाउनेछ ।

म यसलाई आफ्नो घरमा सुरक्षित राखेकी छु र मैले स्थानीय परिषद्लाई जाँच गर्न आग्रह गरेकी छु ।’ स्पर्म ह्वेलले केही खाँदा तिखो र ठूलो वस्तु भित्र छिर्न नदिन उसको आन्द्रामा रहेका पित्तनलीले एक किसिमको स्राव बनाउँछन् ।

पछि ह्वेलले यो मुसिलेजलाई बान्ता गर्छ जुन पछि कडा हुन्छ र समुद्रको सतहमा तैरिन्छ। यो ठोस डल्लोमा सुरुमा दुर्गन्ध हुन्छ तर मुसिलेज सुकेपछि यसले मिठो र लामो समयसम्म रहने सुगन्ध विकास गर्छ, जसले यसलाई अत्तर उद्योग अत्यन्तै आवश्यक तत्व बनाउँछ ।

प्रतिक्रिया दिनुहोस