ट्राफिक प्रहरीको घरमा सरकारी अधिकारी र प्रहरीको छा’पा, देखे यस्ता वस्तु सबै चकित

काठमाडौं – रुसी अधिकारीहरुले सयौँ हजार डलरको घु’सका’ण्डको पर्दाफास गरेका छन् । उक्त का’ण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् ।वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्र’ष्टाचारको आ’रोप लागेपछि सरकारी अधिकारीहरु प्र’हरी सहित उनको घर छा’पा मार्न गएका थिए । प्रहरी कर्णेल अलेक्सी साफोनोभसहित ६ प्रहरीमाथि भ्र’ष्टाचारको आरोप लागेको थियो ।

जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आश्चर्यमा परे । कारण, उनको घरको ट्वाइलेट पनि सुनले बनेको देखियो ।किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो । दक्षिणी क्षेत्र स्टाभरोपोलमा रहेको अलेक्सीको घर आलिसान थियो। त्यहाँका कोठाहरु ठूला–ठूला थिए भने सजावटका सामग्री, फर्निचर निकै महँगा थिए ।

उनले कालोधनको यति आर्जन गरे उनलाई शौच गर्नसमेत सुनको ट्वाइलेट चाहियो । प्रहरीमै रहँदा उनले एउटा आपराधिक समूहको नेतृत्व गरेको बताइएको छ। उनले विभिन्न चेकपोइन्टमा अवैध सामग्रीहरुको गाडीमा खोजतलासी गर्दैन थिए ।

यतिबेला रुसको अनुसन्धान समितिले उनीमाथि १९ मिलियन रुबलभन्दा बढी भ्र’ष्टाचार गरेको अ’भियोगमा अनुसन्धान गरिरहेको छ । द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हि’रासतमा लिइएको छ । दो’षी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जे’ल स’जायँ हुने बताइएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस