नातिनीले जीन्स पाइन्ट लगाएपछि हजुरबुवाले चाले यस्तो कदम, सबै चकित

एजेन्सि –छिमेकी देश भारतमा एक अनौठो खालको घटना घटेको छ । भारतमा एक किशोरीलाई उनको काकाहरुले ह’त्या गरेको छ कारण थाहा पाउदा सबै चकित हुने खालको रहेको छ ।

उत्तर प्रदेशको देवरिया जिल्लामा १७ वर्षीया एक किशोरीलाई पाईन्ट लगाएको भन्दै उनका काकाहरू र हजुरबुवाले ह’त्या गरेका छन् । जीन्सको पाइन्ट नलगाउन उनीहरूले जारी गरेको उर्दीको उल्लं’घन नातिनीले गरेपछि ह’त्या गरिएको हो ।

लुधियानामा बस्दा जीन्स लगाउने बानी परेकी किशोरीलाई गाउँ फर्केपछि कुर्ता सुरुवाल लगाएर बस्न भनिएको थियो । उनले त्यसो गर्न मानिनन् अनि घरमा एकदमै कम बस्ने गर्न थालिन् ।

सोमवार काकाहरू र हजुरबुवासँग घरमा झग’डा परेपछि उनीहरूले उनलाई भित्ता पछारेर मा’रेका थिए । त्यसपछि उनीहरूले किशोरीको मृ’त शरीर कास्या–पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए ।

तर शरीर पुलको ग्रिलमा अड्किएको थियो । ला’श पुलमा घन्टौंसम्म अड्किएको थियो । पछि बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।हजुरबुवा र ट्याम्पुचालक हसनैनलाई बिहीवार प’क्राउ गरिएको छ भने काकाहरू फ’रार छन् ।

प्रतिक्रिया दिनुहोस