तलब खान आएका होइनौं भन्दै वडाध्यक्षले दुई वर्षको तलबभत्ता बृद्धबृद्धालाई बाँडे

दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् । कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३ लाख ९२ हजार रुपैंया बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका हुन् ।

‘जनप्रतिनिधि भएपछि आफुले पाउँदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ,’ वडा अध्यक्ष कुँवरले भने । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अ’पाङ्गता भएका व्यक्ति, दृ’ष्टिविहीन र विपन्न परिवारलाई रकम वितरण गरेका हुन् ।

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुवँरले ३ हजारका दरले रकम बाँडेका हुन् । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जि’तिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु’ उनले भने ।उनले कार्यकाल भरीको रकम समाजमै परोपकारी काममा लगाउने बताए ।

‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’ वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ । वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकमा खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस