यी विधवा महिलाले आफ्नै ६ बर्षीय छोरी बेचिन्: यस्तो छ खतरनाक खुलासा

एजेन्सीको सहयोगमा | पछिल्लो समय युद्धग्रस्त अफगानिस्तानमा कयौं परिवारले खान-पीउनको लागि आफ्नो बच्चा बेच्ने गरेका छन् । यो खतरनाक खुलासा अमेरिकी समाचार संस्था ‘सीएनएन’ ले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ ।

समाचार रिपोर्ट अनुसार अफगानिस्तानको हैरात प्रान्तको बाहिरी क्षेत्रमा राखिएको सरणार्थी क्याम्पमा एक विधवाले समाचार च्यानललाई बताईन् कि उनले भोकमरीको कारण परिवारलाई बचाउनको लागि आफ्नी छ बर्षकी छोरी धनी परिवारलाई बेचेकी थिइन् ।

प्लास्टिक शीटबाट बनेको रिफ्यूजी क्याम्पमा सयौं परिवार नर्कपूर्ण जीवन बिताउन बाध्य छन् । यिनिहरुसँग न पैसा छ न खानानै ! कयौं परिवार आफ्नो बच्चालाई भोकबाट बचाउनको लागि धनी परिवारलाई बेच्ने र त्यहि बच्चा बेचेको पैसाले परिवारका अन्य परिवार पाल्न बाध्य भएका छन् ।

सोहि क्याम्पमा बस्दै आएकी विधवाले बताए अनुसार उनि संग बस्नको लागि आवास छैन । दक्षिणी अफगानिस्तानमा खडेरीको कारण उनीहरु गाउँबाट भागेर सरणार्थी क्याम्प आएका थिए । तर त्यहाँ पनि स्थिति सामान्य छैन ।

ति बिधुवा महिलाले बताए अनुसार उनका श्रीमानको मृत्यु अफगानिस्तानको युद्धमा भएको थियो । अब ति बिधुवा महिलासँग आम्दानीको कुनै स्रोत छैन । यसैले उनले आफ्नो छोरी तीन हजार डलरमा बेच्न बाध्य भइन् । तर उनले आफ्नो छोरी बेचेर पुरै पैसा भने पाएकी छैनन् ।

बिधुवा महिला ममरीनले बताइन कि उनकी छोरीलाई भने यो कुरा थाहा छैन । उनले भनिन् – ‘तर हामीसँग यसको बिकल्पमा कुनै बाटो छैन ।’ महिलाले रुँदै बताइन् कि उनले आफ्नो मुटुको टुक्रा आफैले अलग गर्दैछिन् ।

माथीको तश्वीरमा: बालिका खरिद गर्ने व्यक्ति निजामुद्दीन र उनका छोरा ।

अकीला (बालिका) लाई खरीद गर्ने निजामुद्दीनले ति बिधुवा महिला (बालिकाको आमा) सँग ति बालिकालाई आफ्नो १० बर्षीय छोराका लागि किनेको बताएका छन् । उनले बालिकालाई उनको परिवारको सहयोगको ;लागि किनको बताएका छन् । बालिका किन्ने व्यक्तिले बताए अनुसार उनले ती बालिकालाई ३ हजार डलरमा किनेको र आफू त्यत्रो पैसा एकै पटकमा तिर्न नसक्ने हुँदा तीन बर्षमा तिर्ने गरि किनेको बताएका छन् ।

जब रिपोर्टरले ति व्यक्तिलाइ सोधे कि अकीला (बालिका) अहिले बच्ची छन् । तब निजामुद्दीनले भने कि अफगानिस्तानमा यस कुराले कुनै असर गर्दैन । यहाँ यस्तै हुन्छ, यहाँ त प्रौढ व्यक्तिले पनि बच्चिसँग विवाह गर्छन् ।

तश्वीरमा: सरणार्थी क्याम्प ।

संयुक्त राष्ट्रसंघका अनुसार, करीब २० लाखभन्दा बढी मानिस पानीको अभावमा दिन कटाउन बाध्य छन् । त्यस्तै रोयटर्सका अनुसार, बिगत एक बर्षसम्म युद्धपछी पहिलो पटक अफगानिस्तानका कयौं प्रान्त यति भयानक रूपमा खानाको अभावबाट जुधिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस