असोज ३० गते सनिबारको तपाईको भाग्य कस्तो छ, हेर्नुहोस दैनिक राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उदासिनता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् । बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । साथै, फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रियसाथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।अनेक किसिमका फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आयआर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ ।

प्रतिक्रिया दिनुहोस