एसिड आक्रमणमा परेकी संगिताको कसियो लगन गाँठो

काठमाडौँ– ६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रिया दिँदै संगिताले दुबैजनाले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् ।

संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण भएको थियो । एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो ।

याे पनि पढ्नु हाेस‍‍‍‌‌: ५५ बर्षअघि हराएको औँठी फेला पारेपछि…
कैयौं हाम्रो जीवनमा यस्ता विशेष घटना घट्न पुग्छन् जसको अनुमान लगाउन समेत सकिदैन । यस्तै भएको छ एक व्यक्तिको जीवनमा । एक व्यक्तिले आफुले गुमाएको औँठी ५५ बर्षपछि भेटेका छन् ।

एक व्यक्ति जसले आफ्नो आमाबुवाको बगैँचामा विवाह गरेका थिए, उनले त्यहि औँठी हराए । रैनसम जोन्स नामक व्यक्तिले पाँच दशक भन्दा पहिले मफ्रीसबोरोमा मुल घरमा काठको काम गर्दा आफ्नो विवाहको औँठी हराएका थिए । यो औँठी उनले लामो समयसम्म लगाउन सम्म पाएका थिएनन् ।

जोन्सका अनुसार औँठी हराएपछि उनका सम्पुर्ण परिवारले यसको खोजी तिव्र पारे । उनीहरुले कैयौं वर्षसम्म औँठी खोजे तर भेट्न सकेनन् । जोन्सले आफ्नो पत्नी व्रेन जोन्स सहित आफ्ना छोराछोरीलाई समेत औँठी हराएको बताए र धेरै बर्षसम्म यसको खोजी गर्न अह्राए । तर औँठी भेट्न सकेका थिएनन् ।

जोन्सका अनुसार ढोका खोलेर सामान फ्याक्दा औँठी समेत फालिएको थियो । यसरी हराएको औँठीका बारेमा उनले छोराछोरीले भने र खोज्न लगाए । तर खोज्दा समेत नभेटेपछि उनको ५१ बर्षिय छोराले केवल आफुहरुलाई व्यस्त राख्न जोन्सले झुट बोलेको ठान्दथे ।

जोन्सले सन् २००६ मा डग र सामन्था कुकलाई घर बेचे । डग कुकलाई घर छाडेर जादाँ जोन्सले आफ्नो औँठीका बारेमा बताएका थिए । तर घर किनेका डगले औँठी फेला पारे र जोन्सलाई फिर्ता दिए । डेली न्यूज जर्नलसंगको कुराकानी जोन्सले बताए अनुसार उनले हराएको सो औँठी करीब ५५ बर्षपछि फेरी पाएका छन् । जसका कारण उनी अत्यन्त खुसी छन् ।

प्रतिक्रिया दिनुहोस