केरलामा बाढीबाट मृत्यु हुने २६ पुगे

केरला / भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् ।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पु¥याउन हेलिकप्टर परिचालन गरिएको छ ।कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ । सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृत्यु भएको थियो ।

अण्डा खान नजान्दा पनि ड्यामेज हुनसक्छ मृगौला, भूलेर पनि गर्दै नगर्नुहोस् यी गल्ती

काठमाडौँ । अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ। अण्डाको सेवन गर्दा निकै फाइदा हुने गर्छ। दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घटनुका साथसाथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ।

तर अण्डा खान नजान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नोक्सानका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ के-के छन् अण्डाका नोक्सान ?

अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुराबाट आउने गर्छ। यदी तपाईले अण्डालाई हाम्रोसँग नपकाएर खानुभयो भने यो शरीरमा जानसक्छ।

जसले तपाईको स्वास्थ्यलाई निकै हानी पुर्याउँछ। अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ समस्या देखिन सक्छन्। जस्तै वान्ता हुनु, छाती दुख्नु वा पेट दुख्नु ।

त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नराम्रो असर पर्ने गर्छ। अण्डामा प्रोटिनको मात्रा निकै अधिक हुने गर्छ। त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा असर गर्ने गर्छ।

कयौँ मानिसलाई अण्डाको एलर्जी हुने गर्छ। यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन्। यदी तपाईले सिमित मात्रामा अण्डाको सेवन गर्नुभयो भने त्यसले असर गर्दैन्।

तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नुहुन्छ। यसले शरीरलाई कुनै नोक्सान गर्दैन्। तर त्यो भन्दा धेरै अण्डा एकै पटक सेवन गर्ने गर्नुभएको छ भने सावधान रहनुहोस्। त्यसले तपाईलाई फाइदा हैन हानी पुर्याउन सक्छ।

अण्डा खानुका फाइदा

वजन घटाउँछ : अण्डाले जवान देखाउने मात्र हैन वजन पनि घटाउने काम गर्छ।

इम्युनिटी पावन बढाउँछ : अण्डाले इम्युनिटी पावन बढाउने काम पनि गर्छ। यसले सामान्य रुघाखोकी र फ्लूसँग लड्न सहयोग गर्छ। अण्डामा स्वास्थ्यलाई आवश्यक पर्ने भिटामिन पाइने गर्छ।

स्मरण शक्ति बढाउँछ : अण्डामा महत्वपूर्ण पोषक तत्व पाइने गर्छ। यसमा भिटामीन बी-१२, बी-६ आदी पाइन्छ। जसले मस्तिष्क क्षमतालाई बढाउँछ।

कति खाने अण्डा ?

पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।

व्रिटेनका पोषणविद् डा.फ्रान्की फिलिप्स अनुसार अण्डा जति पनि खान सकिन्छ । त्यसमा कुनै शंका छैन । तथापि अधिक मात्रामा अण्डाको सेवनले शरीरलाई अन्य खानाबाट पाइने आवश्यक पोषण तत्व प्रदान हुँदैन । त्यसैले त पोषणविद्हरू सन्तुलित आहार सेवन गर्ने सल्लाह दिने गर्छन् ।

फिलिप्स भन्छन्,’ अण्डा प्रोटिनको राम्रो स्रोत हो । हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ । शरीरको आवश्यकता भन्दा दुई वा तीन गुणा बढी बढी प्रोटिनले मिर्गौलामा नराम्रो असर पार्नसक्छ’ ।

अण्डामा प्रोटिनका साथै कोलेस्ट्रोल हुने गरेको तथ्य फेला पारेपछि व्रिटिश हार्ट फाउन्डेसनले सन् २००७मा हप्तामा तीन वटासम्म अण्डा खाने सुझाव दिएको थियो ।

कोलेस्ट्रोल

नेसनल हेल्थ सर्विसकी हालिया सलाहका अनुसासा अण्डामा केही मात्रामा कोलेस्ट्रोल त हुन्छ । तर उक्त कोलेस्ट्रोलको मात्रा रगतमा स्याचुरेटेड फ्याटका कारण आउने कोलेस्ट्रोलभन्दा कम हुने गर्छ ।

यस अर्थमा भन्नुपर्दा अण्डामा भएको कोलेस्ट्रोल खासै ठूलो समस्या होइन । यसले स्याचुरेटेड फ्याटका कारण बनेको कोलेस्ट्रोलले जस्तो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँदैन ।

हार्ट युकेका अनुसार अण्डामा करिब ४.६ ग्राम अर्थात एक चम्चा फ्याट हुन्छ , जसमध्यको एक चौथाइ भाग मात्र स्याचुरेटेड हुन्छ । जसले गर्दा अण्डाकै कारण शरीरको कोलेस्ट्रोलको स्तरमा भने खासै फरक पर्दैन ।

साल्मोनिया व्याक्टेरिया

व्रिटेनकी पूर्व स्वास्थ्य मन्त्री एडविना कुरीले डिसेम्बर १९९८८ मा भनेकी थिइन्, व्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनिया व्याक्टेरिया हुने गर्छ । यो व्याक्टेरिया स्वास्थ्यका लागि घातक मानिन्छ । त्यही कारण उनको कुराले व्रिटेनमा हलचल मच्चिएको थियो । यसकै कारण एडविनाले राजीनामा दिनु परेको थियो ।

अण्डालाई कसरी पकाउने ?

जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ ।

विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन् ।

अण्डालाई कसरी स्टोर गर्ने ?

अण्डा किन्दा कहिल्यै पनि फुटेको अण्डा किन्नु हुँदैन । यसमा माटो वा व्याक्टेरिया छिर्ने खतरा हुन्छ । त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन् ।अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ । अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सुरक्षित राख्न सकिन्छ ।

अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगाउन सकिन्छ । एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ । अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने नडुबेमा बासी हो । सामान्यतः एउटा कुखुराले अण्डा पारेको २८ दिनसम्म उक्त अण्डा खानयोग्य रहन्छ।

 

 

प्रतिक्रिया दिनुहोस