१० लाख कुपोषित अफगानी बच्चाहरु मृत्यूको संघारमाः यूनिसेफ

यूनिसेफको उच्च पदस्थ अधिकारीका अनुसार अफगानीस्तानमा १० लाख अत्यन्त कुपोषित बच्चाहरु मृत्यूको संघारमा छन् । शिघ्र केहि कदम नलिइएमा ति बच्चाहरुको सन् २०२१ को अन्ततिर नै मृत्यू हुने वलियो संभावना बताइएको छ ।

यूनिसेफका एक उच्च पदस्त अधिकारीले आफ्नो अफगानीस्तान भ्रमणको प्रतिवेदनमा यो कुरा जनाएका छन् । ति बच्चाहरु सिभिएर एक्यूट मालन्यूट्रिशनको शिकार भएको बताइएको छ ।

यूनिसेफका डिप्यूटी एक्जुकेटिभ डाइरेक्टर ओमर अव्दी ले यहि हप्ता अफगानीस्तान भ्रमण गरेका थिए । एरियाना न्यूजलाई आव्दीले दिएको जानकारी अनुसार १० लाख अफगानी बच्चाहरु कुपोषणको कारणले मृत्यूको संघारमा रहेको र ठोस कदम नलिइएमा ति बच्चाहरुको मृत्यू हुने प्रबल संभावना छ ।

यस्का साथै अहिले ति बचचाहरुमा दादुरा र झाडापखालाको प्रकोप पनि देखिएको छ, यी संक्रमणका कारणले ति बच्चाहरुको स्वास्थ र जीवन दुबै झनै जोखिममा छ । काबुलको इन्दिरा गान्धी बाल अस्पताल काबुलमा अव्दीले भ्रमणका दौरान दर्जनौं कुपोषित बच्चाहरुलाई भेटेका थिए ।

आव्दीका अनुसार अहिले अफगानीस्तानमा पोषण, सरसफाई, खोप, आधारभूत स्वास्थ लगायतका सामान्य बाल सुरक्षाका मापदण्ड पनि परा हुन सकेको छैन ।
अफगानीस्तानमा अहिले तत्कालै बाल स्वास्थ सुरक्षाका आधारभूत सहयोगको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस