नेशनल लाइसेन्सीगं जाँचको विरुद्धमा प्रदर्शन गर्ने पाकिस्तानी डाक्टरहरू पक्राउ

ईस्लामावादको पाकिस्तान मेडिकल कमिसन अगाडि प्रदर्शन गर्ने डाक्टरहरूलाई पाकिस्तानी प्रहरीले अश्रु ग्याँस र लाठीचार्ज गरेको छ । पाकिस्तान मेडिकल कमिसनले भर्खरै डाक्टरहरूलाई अनिवार्य नेशनल लाइसेन्सीगं जाँचमा पास हुनुपर्ने प्रावधान ल्याएको थियो ।

डाक्टरहरूले ५ वर्ष अध्ययन गरेर युनिभर्सिटी जाँच पास भएपछि नेशनल लाइसेन्सीगं जाँच आवश्यक नपर्ने भन्दै प्रदर्शन गरेका हुन् । पाकिस्तान मेडिकल कमिसन अगाडिको झडपमा प्रहरी र प्रदर्शनकारी दुवै तर्फ हताहत भएको थियो । १० जना प्रदर्शनकारीलाई पक्राउ पनि गरिएको भनी समा टिभीले जनाएको छ । 

अर्कोतर्फ इस्लामिक देशहरूमा प्रहरी दमन चाहिँ वास्तवमै ठुलो समस्या भएको तथ्यलाई पाकिस्तानको यस घटनाले पनि पुष्टि गरेको छ । यस अगाडि सेप्टेम्बर महिनामा पनि वलोचीस्तान प्रान्तमा यही विषयमा प्रदर्शन गर्ने केही डाक्टरहरूलाई पक्राउ गरी पछि गम्भीर प्रकारको मुद्दा चलाइएको थियो । 

पाकिस्तान मेडिकल कमिसनको यस नयाँ नियमका अनुसार अब पाकिस्तानमा प्राक्टिस गर्ने हरेक चिकित्सकले नेशनल लाइसेन्सीगं जाँच पास गर्नु अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस