हंगकंगको चीन विरुद्धको प्रदर्शनमा घाइते किशोरलाई सहयोग गर्नेलाई १२ महिना कारावास

सन् २०१९ को सुइन वान प्रहरी झडपका समय त्यहाँ उपस्थित एक विश्वविद्यालयका विद्यार्थीलाई १२ महिनाको कारावास भएको छ ।रेडियो फ्री एसियाका अनुसार याउ वागं ट्याट नामका यी विद्यार्थीलाई अवैधानिक उपस्थिति र फौजदारी अभियोगमा १२ महिना कारावास सुनाइएको हो ।

कारावास सजाए पछि याउले सबै हंगकंग वासीहरुलाई चीनको विशाल पर्खाल र कम्युनिस्ट नेतृत्वसङ नडराउन आव्हान गरेका छन् । अक्टोबर १ सने २०१९ मा चीन विरुद्धको प्रदर्शनमा सांग ची किन नामक किशोरलाई प्रहरीको गोली लागेको थियो र रगतमा लतपतिएका ती किशोरलाई सहयोग गरेबापत उनलाई कारावास सजाय दिइएको हो ।

याउका वकिलका अनुसार सन् २०१९ को यस घटनापछि याउलाई भौतिक शास्त्रमा डिग्री गर्न असहज भएता पनि भर्खरै उनले डिग्री सकेका छन् ।
सन् २०१९ मा चीनले थोपरेको कानुनको विरोध गर्दै हंगकंग को स्वतन्त्रताको मागमा दसौँ लाख हंगकंग का बासिन्दाले प्रदर्शन गरेका थिए । यस प्रदर्शनमा प्रहरीको अमानवीय दमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस