‘श्रीमती कचकच गरिरहेकी थिइन् त्यसैले उडिरहेको विमानबाट समुद्रमा फ्याकिदिएँ’

न्यूयोर्कका एक सर्जनले आफ्नी श्रीमतीको घाँटी थिची हत्या गरेको र उनको शवलाई विमानबाट बाहिर फ्याँकेको कुरालाई सनसनीपूर्ण तरिकाले स्वीकार गरेका छन् । उनले करिब ४० वर्षदेखि आफूलाई यसमा निर्दोष बताउँदै आएका थिए ।रोबर्ट बिरेनबमले आफ्नी श्रीमती गेल काट्जको सन् १९८५ मा हत्या गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । आफू त्यतिबेला अपरिपक्व भएको र रिसलाई नियन्त्रण गर्न नसकेका कारण श्रीमतीको हत्या गरेको जानकारी दिए ।

‘उनले मलाई कचकच नगरोस् भन्ने म चाहन्थेँ, त्यसैले उनलाई आक्रमण गरेँ ।’
काट्सको हत्या अभियोगमा बिरेनबमलाई सन् २००० मा नै दोषी ठहर गरिएको थियो । तर उनले श्रीमतीको हत्यामा आफ्नो कुनै पनि संलग्नता नभएको बताउँदै आएका थिए ।

एक अनुभवी पाइलटसमेत रहेका बिरेनबमले आफूले श्रीमतीको घाँटी थिची हत्या गरेको, उनको शवलाई सानो विमानमा राखेको र विमान समुद्रमाथि पुगेपछि शव फ्याँकेको बताएका छन् ।काट्जको शव कहिल्यै भेटिएन ।बिरेनबमविरुद्ध मुद्दा चलाउने म्यानहटनका पूर्व जिल्ला अधिवक्ताले उक्त स्वीकारोक्तिमा आश्चर्य प्रकट गरेका छन् ।
‘सुरुमा त कसैले मसँग ठट्टा गरेजस्तो लागेको थियो,’ डान बिबले भने ।

‘म यसकारण चकित भएँ किनभने उनले आफ्नी श्रीमतीको हत्या गरेको भनेर स्वीकार्छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’बिबले ती पूर्व प्लास्टिक सर्जनलाई ‘साइकोप्याथ’ को संज्ञा दिएका छन् ।बिरेनबमले गेललाई सन् १९८० को सुरुवातमा भेटेका थिए । सुरुवाती भेटमा नै बिरेनबमले उनलाई म्यानहटन वरिपरि विमानमा सयर गराएका थिए । यसैकारण पनि गेल बिरेनबमबाट असाध्यै प्रभावित भएकी थिइन् ।

यद्यपि, गेलकी बहिनी एलेन काट्जले एबीसीसँगको कुराकानीमा बिरेनबम असाध्यै नियन्त्रण गर्ने खालको र हिंसात्मक रहे ।एलेनले भनिन्, ‘मलाई एकदिन दिदीले फोनमा बिरेनबमले आफ्नो बिरालोलाई टोइलेटमा डुबाउन खोजेको बताइन् ।’‘मैले त्यतिबेला दिदिलाई बबबाट तिमी टाढा रहनुपर्छ भनेर सुझाएकी थिएँ,’ एलेनले भनिन् ।एलेन काट्जका अनुुसार एक रात गेलले बाल्कोनीमा चुरोट पिइरहेका बेला बिरेनबमले उनको घाँटी अँठ्याएका थिए ।

गेल काट्जले यसबारे प्रहरीलाई भनेपछि उनीविरुद्ध ऊजुरी लिइएन ।रोबर्ट बिरेनबम एक सर्जन थिए, दक्ष स्किइर, सेफ र दक्ष पाइलटसमेत थिए ।‘यो घटना सन् २०२१ मा हुँदो हो त रोबर्ट बिरेनबमलाई तत्काल हत्कडी लगाइन्थ्यो,’ बिबले भने, ‘घटना सन् १९८३ को थियो, त्यतिबेला केही गरिएन ।’७ जुलाई सन् १९८५ मा उनी हराएपछि बिरेनबमले काट्ज झगडा गरेर घर छोडेर गएको परिवारलाई बताए ।उनले भने जीवन बाँच्न छोडेनन् । अन्य महिलालाई डेट गरे, पार्टीमा सरिक भए ।काट्जको् परिवारले आफ्नो शंका प्रहरीसमक्ष लिएर गए । त्यसपछि म्यानहटनको जिल्ला अधिवक्ताको कार्यालयले यो मुद्दा चलायो ।
स्रोतः इन्डिपेन्डेन्ट

 

प्रतिक्रिया दिनुहोस