सन् २०२२ को बेइजिगं ओलम्पिक्स विरुद्धको प्रर्दशनः ग्रिस प्रहरीले हंगकंग र तिब्बतका प्रदर्शनकारीलाई रिहा गरेन

प्रदर्शनकारीहरूको एउटा समूह बेइजिगं ओलम्पिक्स विरुद्धको प्रदर्शनमा ग्रिसमा क्रियाशील छ । प्राचीन ग्रिस वाट सुरु भएको ओलम्पिक्स गेममा आज पनि ग्रिस वाट लगेको आगोले नै दीप प्रज्वलन गरिन्छ । यस कारणले चीनमा हुन लागेको बेइजिगं ओलम्पिक्स विरुद्धको प्रदर्शनका लागि तिब्बत र हंगकंगका प्रर्दशनकारीहरु ग्रिस पुगेका हुन् ।

यद्धपी यी प्रर्दशनकारीहरुलाई ग्रिक सरकार र चीनको सरकारको समझदारीमा प्रदर्शन दबाउने र प्रदर्शनकारीहरुमाथि धरपकड गरिरहेका त छैनन् भन्ने भय पलाएको छ । प्रर्दशनकारी हरुले बोयकट बेइजिगं ओलम्पिक्स भन्दै नारा लगाएका थिए भनेँ तिब्बत र हंगकंगको झन्डा बोकेर हिँडेका थिए । अमेरिकामा आधारित विद्यार्थी सङ्गठनको नेतृत्वमा यी प्रदर्शनहरू भइरहेको छ ।

सेला जोकसांग नामकी विद्यार्थीले आरआएफएलाई बताएअनुसार चीनलाई बेइजिगं ओलम्पिक्स गर्न दिनु भनेको अन्तर्राष्ट्रिय समुदायले चीनले हंगकंगमा र तिब्बतमा गरेको दमन र मानव अधिकारको हननलाई स्वीकार गर्नु हो ।उक्त प्रदर्शन समूहकी संयोजक पेमा डोल्माको अनुसार यसरी ग्रिसमा चीनविरुद्धको प्रदर्शन दमन गरिनु भनेको चीनको ज्यादती सहन गर्दै चीनको प्रभावप्रति शरण पर्नु जस्तै हो ।

प्रतिक्रिया दिनुहोस