पेटको दुखाई निको पार्न भन्दै प्रयोग गरिएको औषधिले शरीरभरी झ्याप्झ्याप्ती रौं उम्रिए

अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु शत्रु सरह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्यानै जान सक्छ ।

स्पेनमा पनि डाक्टरको एउटा गल्तीले अनौठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो । उत्तरी स्पेनको क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहरका २० जना बालबालिकाहरुमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए ।

औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए । स्थानीय प्रशासनका अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो ।

गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौंहरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हाइपरट्रिचोसिस भनिन्छ ।डेलिमेलमा प्रकाशित समाचार अनुसार मिनोजिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।

गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उम्रिएका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औषधि पसलविरुद्ध क्षतिपुर्तीको मागसहित मुद्धा दायर गरेका छन ।

मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्राजोलको लेबल टाँसेर ग्रानाडा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खुलासा भएको छ ।यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस