टाउकोको मूल्य नै ५० लाख डलर तोकेको अमेरिकाले फरार ब्यक्ती कोलम्बियामा पक्राउ

कोलम्बियाको सबैभन्दा कु’ख्या’त ला’गू औ’ष’ध त’स्क’र र सबैभन्दा ठूलो आ’प’रा’धिक समूहका प्रमुख पक्राउ परेका छन्। ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गि’र’फ्ता’र गरिएको हो।

कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गि’रफ्ता’रीबारे बोल्दै भने: “हाम्रो देशमा यो शताब्दीमायो सबैभन्दा ठूलो सफलता हो।” “यो गिरफ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ।”

ओटोनियल पानामाको सिमाना नजिकै उत्तर-पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। गि’रफ्ता’रीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मा’रिएको राष्ट्रपतिले बताएका छन्।

कोलम्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा ह’तक’डी लगाएका ओटोनियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ। हालैका वर्षहरूमा ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी सं’लग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्।

दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मा’रि’एपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए। कोलम्बियाका सुरक्षा निकायले सो गि’रो’हलाई देशको सबैभन्दा श’क्तिशा’ली आ’प’रा’धिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई “सशस्त्र [र] अत्यन्त नराम्रो समूहको रूपमा हेरेका थिए।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह डरलाग्दा घटनामा सं’लग्न छ। गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको मानिन्छ। यसका सदस्यहरू आर्जेन्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिरफ्तार भएका छन्।

सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म त’स्क’रीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ। कोलम्बियाको सरकारले भने हालैका दिनहरूमा यसको सदस्यहरू कम गरेको र धेरैलाई जङ्गलमा लु’क्न बा’ध्य बनाइएको दाबी गर्छ।

ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको ह’ ‘त्या गरेको र बालबालिकालाई आ’प’रा’धि’क क्रि;याक;ला;पमा सं’ल’ग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ। सन् २००९ मा अमेरिकामा उनीलाई आ’परा’धिक क्रि’याक’ला’पका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सु’पुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ।

प्रतिक्रिया दिनुहोस