यी चीजहरु मध्ये कुनै एक नछुटाई घरमा राख्नुहोस् चम्किनेछ आफ्नो भाग्य

काठमाडौ । मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ ।

हिन्दुशास्त्रमा मात्र नभएर चिनियाँ संस्कृतिमा पनि वास्तुशास्त्रको विश्वास गरिएको छ । घरको सुख शान्तीको लागी चीनमा धेरैले चीनमा फेंगशुई घरमा सजाएर राख्ने गर्दछन्। यसैप्रति त्यहाँका नागरिकले विश्वास गरेका छन्, उनीहरुको धारणा के छ भने फेंगशूई घरमा राख्नाले घरमा सुख समृद्धि प्राप्त हुन्छ । पछिल्लो समयमा फेंगशूई प्रति केहि नेपालीहरुले पनि आकर्षितको साथमा यसप्रति विश्वास लिन पनि थालेका छन् ।

१,  लाफिङ बुद्ध : कुनै पनि व्यक्तिले आर्थिक सफलता प्राप्त गर्न सकेको छैन् भने लाफिङ बुद्ध घरमा राद्यन सक्नुहुन्छ, यसलाई राख्दा घरको मुख्यद्धारको छड्के तिर राख्नुपर्दछ । लाफिङ बुद्धलाई चिनियाँ वास्तुशास्त्रमाबुद्धको समृद्धिका देवता रुपमा लिएको छ ।

२, तीनखुट्टे भ्यागुतो : घरमा तीनखुट्टे भ्यागुतोलाई राख्नाले निकै भाग्यशाली हुने मानिएको छ । घरमा मुखमा सिक्का च्यापिरहेको तीनखुट्टे भ्याकुता मूर्ति राख्नाले भाग्यदय हुनेकुरा चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएको छ । यस्तो भ्याकुताले घरको वातावरणलाई पनि सुखमय बनाइदिनेछ, तर भ्याकुतो कहाँ राख्ने भन्ने कुरा चाहि विचार गर्नुपर्दछ, भ्याकुतालाई भान्सामा, बाथरुमभित्र र छेउछेउमा राख्नुहुदैन्, यस्ता ठाउँमा राखेमा भने दुभाग्य बढेछ । यस्तो भ्याकुतो मुख्यद्धारको छेउछाउमा राख्नुपर्दछ ।

३, तीन सिक्का : धन र ऐश्वर्य एवम् समृद्धि प्राप्त गर्नको लागी घरको मुख्यद्धारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनु पर्दछ । तर बाहिरी भागमा भने झुन्ड्याउनु हुदैन्, बाहिर झुन्ड्यएमा लक्ष्मी ढोकामा मात्र रहने शास्त्रमा उल्लेख छ । त्यसैले मुल ढोकाको भित्री भागमा झुन्ड्याउनु पर्ने छ ।

४,कछुवा : कछुवा पनि घरमा राख्नाले निकै शुध र घरमा सफलता, सम्पती र खुसियाली वुद्धि हुने छ । कुछवालाई घर वा कार्यलयमा उत्तर दिशामा भित्रपट्टी फर्काएर राख्नुपर्दछ । तरु कछुवा राख्दा जोडी भने राख्नु हुदैन । एउटा मात्र राख्नुपर्दछ ।

५,गोल्डेन फिस : फेंगसुईका उल्लेख गरिए अनुसार घरमा गोल्डेन फिस राखेमा सौभाग्य, धनसम्पतीm मान सम्मान वृद्धि हुनेछ । यसलाई बेडरुम, भान्सा वा बाथरुममा भने राख्नु हुदैन्, सदैभरी यसलाई ड्राइङ रुममा राख्नुपर्दछ ।

६,पवन घन्टी : पवन घन्टी घरमा राख्नाले विन्ड ताइन्सबाट निस्कने धुनले पुरै घरमा शान्त र सकारात्मक उर्जालाई वृद्धि बनाउनको कुरा चिनियाँ वास्तुशास्त्रमा उल्लेख गरिएको छ । पवन घन्टीलाई हावा आइरहने ठाउँमा राख्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस